Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

जिल्ला समन्वय समिति कैलालीका प्रमुख कलेलको निधन

कैलाली । कैलाली जिल्ला समन्वय समिति प्रमुख पदमबहादुर कलेलको निधन भएको छ ।

कलेजो र मिर्गौला रोगबाट पीडित रहेका कलेलको शनिबार दिउँसो पौने दुई बजे उपचारका क्रममा काठमाडौंस्थित वीर अस्पतालमा निधन भएको हो ।

काङ्ग्रेस नेता कलेल गत स्थानीय निर्वाचनमा कैलाली जिसस प्रमुख निर्वाचित भएका थिए ।

कैलालीको गौरिगंगा नगरपालिका–८ बडैपुरमा बसोबास गर्दै आएका ५३ वर्षीय कलेलका श्रीमती, तीन छोरा र तीन छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077