Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चीनमा अनावश्यक यात्रा नगर्न आफ्ना नागरिकलाई जर्मनीको निर्देशन

एजेन्सी । जर्मनीले शनिबार विश्वको सबैभन्दा बढी जनङ्ख्या भएको देश चीनमा अत्यावश्यक बाहेकका यात्रालाई निरुत्साहित गरेको छ।

'हामी अहिले चीनमा गैरआवश्यक यात्राहरू निरुत्साहित गर्दछौं। यसको कारण कोभिड सङ्क्रमणको चरम उत्कर्ष र अस्तव्यस्त स्वास्थ्य प्रणाली हो,' जर्मनीको विदेश मन्त्रालयले ट्वीटरमा भनेको छ।

कोभिडको सङ्क्रमण दर बढेको हल्लासँगै एक दर्जनभन्दा बढी देशले चीनबाट आउने यात्रुमाथि नयाँ यात्रा नियम लागू गरेका छन्।

युरोपेली संघका विज्ञहरूले यसै हप्ता समूहका २७ सदस्य राष्ट्रहरूलाई चीनबाट आउने उडानमा रहेका व्यक्तिहरूबाट कोभिड परीक्षणको माग गर्न र आगमनमा छड्के परीक्षण गर्न सुझाब दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077