Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सूर्यकुमारको उत्कृष्ट प्रदर्शनमा भारतले जित्यो श्रीलंकाविरुद्धको टी-२० सिरिज

    सूर्यकुमारको उत्कृष्ट प्रदर्शनमा भारतले जित्यो श्रीलंकाविरुद्धको टी-२० सिरिज

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 642
    SHARES

    एजेन्सी । भारतले श्रीलंकाविरूद्धको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज जितेको छ ।

    गएराति भएको तेस्रो तथा निर्णायक खेलमा श्रीलंकालाई ९१ रनको फराकिलो अन्तरले हराउँदै घरेलु टोली च्याम्पियन बनेको हो ।



    जितको लागि २ सय २९ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका १६।४ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो। यो सँगै तीन खेलको सिरिज भारतले आफ्नो पक्षमा पारेको हो ।



    पहिलो खेलमा श्रीलंकालाई २ रनले हराएको भारत दोस्रो खेलमा १६ रनले पराजित भएको थियो। अब भारत र श्रीलंकाबीच बिहीबारदेखि तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज सुरू हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार