Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सेनाका उपरथी शाहीमाथि छानबिन गर्न ‘कोर्ट अफ इन्क्वाइरी’ गठन

    सेनाका उपरथी शाहीमाथि छानबिन गर्न ‘कोर्ट अफ इन्क्वाइरी’ गठन

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 525
    SHARES

    काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम प्रकाश शाहीमाथि छानविन गर्न कोर्ट अफ इन्क्वाइरी गठन गरिएको छ ।

    प्रधान सेनापति प्रभुराम शर्माले उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा ‘कोर्ट अफ इन्क्वाइरी’ गठन गरेका हुन् ।  इक्वाइरी टिमका संयोजक श्रेष्ठ सेनामा शाही भन्दा जुनियर हुन् ।



    पुस १९ मा शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको थियो । शाहीलाई अहिले भद्रकालीस्थित सैनिक प्रहरी गणको हिरासतमा राखिएको छ ।



    बुढानिलकण्ठ नगरपालिकास्थित चपलीमा रहेको उनको घरमा सेनाले पुस २१ मा छापा मारेको थियो । दिउँसो ३ देखि राति ९ बजेसम्म सैनिक प्रहरीले छापा मारेर महत्वपुर्ण कागजात र ल्यापटप लगेका छन् ।

    शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै नेपाली सेनाको जंगीअड्डा र रक्षा मन्त्रालयविरुद्ध ७ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका गरेका थिए ।

    सैनिक मुख्यालयको अभिलेख अनुसार उनी २० पुसमा अवकाशमा जाँदै थिए । अवकाशको १५ दिनअघि बिदा बस्ने परम्परा अनुसार उनी बिदामा बसेका थिए । त्यही बीच अदालतले उनको एक वर्ष जागिर लम्बिने गरी अन्तरिम आदेश दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार