Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • उपरथी शाहीसँग जोडिएका थप दुई सैनिक अधिकृत पनि छानबिनको दायरामा

    उपरथी शाहीसँग जोडिएका थप दुई सैनिक अधिकृत पनि छानबिनको दायरामा

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 510
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली सेनाले आर्थिक अनियमितताको आरोप लागेर छानबिन भइरहेका उपरथी प्रेम शाहीसँग जोडिएका थप दुई सैनिक अधिकृतहरुलाई छानबिनको दायरामा ल्याएको छ ।

    प्राड विभागका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमिल्सेनालाई छानबिनका लागि बोलाएको हो ।



    उपरथी शाहीमाथि आर्थिक अनियमितताको उजुरी परेपछि सैनिक मुख्यालयले उपरथी बाबुराम श्रेष्ठको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी गरेको थियो ।



    कोर्ट अफ इन्क्वायरीले छानबिन गर्दा थप दुई सैनिक अधिकृत पनि जोडिन आएपछि सेनाले थप अनुसन्धानका लागि दुवै जनालाई बोलाएको बताइएको छ ।

    उपरथी शाहीको कोर्ट अफ इन्क्वायरीपछि गत शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले सैनिक अदालत अन्तर्गत रहेर अर्का उपरथी ताराध्वज पाण्डेको नेतृत्वमा कोर्ट मार्सल गठन गरेका छन् । अब उक्त कोर्ट मार्सलले कोर्ट अफ इन्क्वायरीले छानबिन गरेको प्रमाणका आधारमा निर्णय गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार