Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आर्थिक अनियमितता गरेको ठहरपछि उपरथी प्रेम शाही सेवाबाट निष्कासित

    आर्थिक अनियमितता गरेको ठहरपछि उपरथी प्रेम शाही सेवाबाट निष्कासित

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 567
    SHARES

    काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीलाई आर्थिक अनियमितता गरेको ठहर गर्दै सेवाबाट निष्कासन गरिएको छ । सेनाको कोर्ट मार्सलले शाहीले आर्थिक अनियमितता गरेको पुष्टि भएपछि शाहीलाई सेवाबाट निष्कासित गरेको हो ।

    शैक्षिक प्रमाणपत्रमा उमेर फरक परेको विषयमा सर्वोच्च अदालतबाट तत्काललाई उन्मुक्ति पाएका बहालवाला उपरथी प्रेम शाहीलाई आर्थिक अनियमितता र सैनिक अनुशासन उल्लंघन गरेको आरोपमा नेपाली सेनाले नियन्त्रणमा लिएको थियो ।



    सैनिक मुख्यालय जंगीअड्डामा पुस १९ मा सैनिक प्रहरीले शाहीलाई हिरासतमा राखेका थिए । उपरथी शाहीमाथि आर्थिक अनियमितताको उजुरी परेपछि सैनिक मुख्यालयले उपरथी बाबुराम श्रेष्ठको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी गरेको थियो । उक्त कोर्ट अफ इन्क्वायरीले छानबिन गर्दा थप दुई सैनिक अधिकृतहरू पनि जोडिन आएपछि सेनाले थप अनुसन्धानका लागि दुवैलाई बोलाइएको थियो ।



    झन्डै दुई महिनाको अनुसन्धानपछि शाहीविरुद्धको फैसला सुनाइएको हो । यस्तै शाहीसँग जोडिएका प्राड विभागका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमिल्सेनालाई पनि सैनिक ऐनअनुसार आन्तरिक कारबाही गरिएको सेनाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार