Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उपरथी प्रेम शाही दुई महिनापछि थुनामुक्त, दुई सैनिक अधिकृतलाई पनि छोडियो

    उपरथी प्रेम शाही दुई महिनापछि थुनामुक्त, दुई सैनिक अधिकृतलाई पनि छोडियो

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 684
    SHARES

    काठमाडौं । जंगीअड्डाभित्रै थुनेर राखिएका उपरथी प्रेम शाही दुई महिनापछि थुनामुक्त भएका छन् । अवकाशमा पठाउने नेपाली सेनाको जंगीअड्डाको निर्णयविरुद्ध सर्वोच्च अदालत गएका उपरथी शाही थुनामुक्त भएका हुन् ।

    साथै शाहीलाई सहयोग गरेको अभियोगमा समातिएका प्राड विभागका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमिल्सेना पनि थुनामुक्त भएका छन् । तिमसिना र शाहको दुई वर्ष बढुवा रोक्का गर्ने आदेश भएको छ ।



    उपरथी शाही संलग्न सैनिक विद्रोहको कसूरसम्बन्धी मुद्दा पुर्पक्षका लागि भन्दै बुधबार जंगीअड्डा बोलाइएका तिमसिना र शाहलाई सेनाले नियन्त्रणमा लिएको थियो ।



    यस्तै सैनिक अदालतले उपरथी शाहीलाई सेवाबाट हटाउन आदेश दिएको छ । बिहीबार उपरथी ताराध्वज पाण्डेको अध्यक्षतामा गठन भएको सैनिक अदालतले शाहीलाई सेवाबाट हटाउन आदेश दिएको सेनाले जनाएको छ ।

    उनीमाथि आर्थिक अनियमितता गरेको, सैनिक आचरण, मर्यादाको उल्लंघन गरेको आरोप थियो । उक्त आरोपमा उनी दोषी ठहर भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार