Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनको मूल्य एकैदिन तोलामा १ हजार रुपैयाँ बढ्यो, तोलाको कति पुग्यो?

काठमाडौं । सुनको मूल्य एकैदिन १ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।

आइतबार चाँदीको मूल्य पनि १५ रुपैयाँ बढेको छ । आज चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077