Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

डिभी परेर अमेरिका गएका एक नेपालीको गोली हानी हत्या

काठमाडौं । अमेरिकाको कोलोराडोमा एक नेपालीको गोली हानी हत्या गरिएको छ ।

तनहुँ दमौली घर भइ अमेरिकाको कोलोराडोमा बसोबास गर्दै आएका भेषराज लामिछानेको गोली हानी हत्या गरिएको हो ।

करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका भेषराजको बिहीबार राति आफैले संचालन गर्दै आएको पसल भित्रै बन्दुकधारीले गोली चलाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो।

सन् २०१४ मा डिभी परेर अमेरिका पुगेका ५३ वर्षीय लामिछानेको हत्यामा संलग्न सन्दिग्ध अपराधीलाई प्रहरीले घटनास्थलभन्दा केही पर पक्राउ गरेको छन् ।

भेषराज कोलोराडोस्थित नेपाली कम्युनिटीका सक्रिय कार्यकर्ता भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077