Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

अल-नासरको डेब्यु खेलमै रोनाल्डोमाथि प्रतिबन्ध

एजेन्सी । साउदी अरेबियाको क्लबमा भित्रिएका पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोले डेब्यु गर्न अझै केही समय कुर्नुपर्ने भएको छ।

गएको अप्रिलमा एभर्टनसँग म्यानचेस्टर युनाइटेड १–० ले पराजित भएको खेलमा अनुशासनहिन गतिविधि गरेको भन्दै पोर्चुगिज स्टारलाई इङ्लिस फुटबल एशोसिएसनले २ खेलको प्रतिबन्ध लगाइएको थियो।

रोनाल्डोलाई एफएले अनुचित र हिंसात्मक आचरणमा दोषी ठहर गर्दै दुई खेलमा निलम्बन गर्ने निर्णय गरेको थियो।

उनलाई प्रतिबन्धसँगै ५० हजार पाउन्ड जरिवाना गरिएको थियो, युनाइटेडसँगको सम्झौता खारेज भइसके पछि पनि रोनाल्डोले नयाँ क्लबमा पनि उक्त प्रतिबन्ध लागू हुनेछ।

रोनाल्डोले अब साउदी प्रो लिगमा दुई खेलको प्रतिबन्ध भोग्नुपर्नेछ र अल–ताई र अल–शबाबविरुद्धको अर्को दुई खेलबाट बाहिर बस्नुपर्नेछ।

यो सँगै रोनाल्डोले एसियाली क्लबबाट पहिलो व्यवसायिक खेल खेल्न सम्भवत आगामी जनवरी २१ सम्म पर्खनुपर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077