Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

तीन महिलाको हत्या गरेका ‘सिरियल किलर’ भारतीय दम्पती पक्राउ

अर्घाखाँची । शृंखलाबद्ध रूपमा वृद्ध तथा एकल महिलाको हत्या गरेको आरोपमा ‘सिरियल किलर’ भारतीय नागरिकसहित दुईजना पक्राउ परेका छन् ।

अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी ३ महिलाको हत्या गरेको आरोपमा भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी पत्नी शिवा परियार पक्राउ परेका हुन् ।

उनीहरूले शृंखलाबद्ध रूपमा पुस १७ गते अर्घाखाँचीको शीतगंगा नगरपालिका–१० बहखोरकी ६० वर्षीय राधा थापा, गत कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका–५ की ७५ वर्षीय जीवकला थापा र गत असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका–४ की ७० वर्षीय योगमाया गैरेको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पत्नीसँग मिलेर गरेको हत्यारा सुशान्तले बताएपछि निजकी पत्नी शितगंगा–१० सिद्धाराकी २२ वर्षीय परियारलाई पनि प्रहरीले पक्राउ गरेर आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

उनीहरुले तीनै महिलाको हत्या गरी गरगहना तथा नगद लुटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरू दुवैविरुद्ध कर्तव्य ज्यान मुद्दा चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077