Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सोमबारदेखि सुरु हुने संघीय संसद्‌को पहिलो अधिवेशनको तयारी पूरा

काठमाडौं । सोमबार लागि आह्वान गरिएको सङ्घीय संसद्को पहिलो अधिवेशनको तयारी पूरा भएको छ ।

मंसिर ४ गते सम्पन्न निर्वाचनपछि पहिलोपटक सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्न लागेको हो ।

पहिलो अधिवेशनअन्तर्गत दिउँसो १ बजे सुरु हुने बैठकका लागि सबै तयारी पूरा भएको संघीय संसद्‌ सचिवालयले जानकारी दिएको छ ।

सहायक प्रवक्ता धमलाले अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राधिविक पक्षका सबै काम पूरा गरिएको बताए ।

प्रतिनिधि सभा बैठकका लागि सर्वदलीय बैठक र राष्ट्रिय सभा बैठकका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर पहिलो अधिवेशनका लागि आवश्यक निर्णय गरिएको र त्यही बैठकको निर्णयअनुसार सङ्घीय संसद् सचिवालयले आवश्यक व्यवस्था मिलाएको प्रवक्ता दशरथ धमलाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077