Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सुनको मूल्य प्रतितोला एक लाख ३९ सय पुग्यो

काठमाडौं । साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा पहेँलो सुनको मूल्य बढेको छ।

सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तोलामा ६०० रुपैयाँ बढेपछि सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ९०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ४०० रुपैयाँ कायम भएको छ।

सोमबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर प्रतितोला १ हजार ३९० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077