Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीको निर्देशनपछि मलेसियामा बन्धक बनाइएका १३ जना नेपालीको उद्धार

काठमाडौं । मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकहरु स्वदेश फर्किने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि उद्धार गरिएका १३ मध्ये ६ जना भोलि स्वदेश फर्किने भएका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका नेपाली विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझ्न र उनीहरुको उद्धारका लागि पहल सुरु गरेको हो ।

दूतावासको पहलमा उनीहरूमध्ये ६ जना भोलि १० जनवरीमा ६ जना र १३ जनवरीमा ७ जना नेपाल फर्कने भएका छन् ।

यसैगरी मलेसियाका एक अन्य कम्पनीमा समस्यामा परेका २८ जना नेपाली श्रमिकहरूको समस्या हल गर्न समेत पहल भइरहेको छ ।

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका उनीहरुलाई एजेन्टले स्थानीय केलाङ सहरको एक भवनमा लागेर बन्धक बनाएको भिडियो सार्वजनिक भएको छ ।

सम्झौताअनुसारको काम नदिई अन्य काम गर्न दबाब दिएर कम्पनीले ज्यादती गरेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077