Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जनताले राजनीतिक स्थायीत्व चाहेका छन् : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै नेपालले यो सरकारले राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने बताएका हुन् ।

नेपालले भने,‘यो सरकारले जनपक्षीय र जनमैत्री कानुन निर्माणमा जोड दिनुपर्नेछ । नागरिकले राजनीतिक स्थायीत्वको अपेक्षा गरेका छन् । भ्रष्टाचार,दण्डहीनता बढेको छ । यसलाई निर्मुल पार्न जरुरी छ।’

नेपालले सबै राजनीतिक दलहरुले गम्भिरतापूर्वक संविधान रलोकतान्त्रिक रक्षामा ध्यान दिनुपर्ने बताए ।

जनजीविकाको सवाल विकराल बनेको र सिंगो अर्थतन्त्र संकटग्रस्त अवस्थामा रहेको भन्दै यसलाई हल गर्न सरकार जिम्मेवार बन्नुपर्ने नेपालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077