Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सीके राउतले भने - हामीसँग आवेगमात्र होइन अग्रजप्रति सम्मान पनि छ

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफ्नो पार्टी लागि पर्ने बताएका छन्।

प्रधानमन्त्रीले आफूहरूलाई स्वागत गर्दा नयाँ सोच र हुटहुटी आवेगलाई सम्बोधन गर्ने प्रतिवद्धता सुखद रहेको बताएका हुन् ।जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई जवाफ फर्काएका छन् ।

राउतले भने, 'हामीलाई देशमा केही गरौँ भन्ने आवेग छ। यो आवेगमात्र होइन् अग्रजप्रति सम्मान पनि छ।'

मंसिर ४ को निर्वाचनपछिको पहिलो प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ दलबाट आएका सांसदहरुको मनमा आवेग र हुटुहुटी भएको बताएपछि अध्यक्ष राउतले त्यसको जवाफ फर्काएका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई जवाफ दिँदै अध्यक्ष राउतले भने, ‘प्रधानमन्त्रीज्यूले नयाँ दलहरुको आगमनलाई स्वागत पनि गर्नुभयो । र भन्नुभयो उहाँहरुसँग आवेग पनि छ ।

हामीसँग आवेग मात्रै होइन अग्रजहरुपनि ढुक्क रहन आग्रह गर्न चाहन्छु । हामीभित्र देखिएको आवेग जनताभित्र रहेको परिवर्तनको आकँंक्ष मात्रै हो। देखिएको परिवर्तनको उर्जा मात्रै हो ।’

उनले अहिले देशमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता समेत जनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077