Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शोभित बस्नेतको फिल्म ‘जय हो’मा अर्पण थापा अनुबन्धित

काठमाडौं । निर्माता तथा निर्देशक शोभित बस्नेतको निर्माणमा बन्ने चलचित्र ‘जय हो’मा अभिनेता अर्पण थापा फाइनल भएका छन् ।

सोमबार निर्माण कम्पनी सलोन–सलिना फिल्मस र अभिनेता थापाबीच लिखित सम्झौता भएको हो ।

आगामी माघ अन्तिम सातादेखि छायांकन सुरु हुन लागेको फिल्ममा यसअघि अभिनेता सलोन बस्नेत अनुबन्धित भइसकेका छन् ।

एक्सन तथा लभस्टोरी जनरामा निर्माण हुन लागेको फिल्मको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् ।

काठमाडौँ, पोखरा र मुस्ताङमा फिल्मको छायांकन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077