Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • रञ्जिता श्रेष्ठले भनिन् – टिकापुर घटना बन्द कोठामा घटाइएको थिएन

    रञ्जिता श्रेष्ठले भनिन् – टिकापुर घटना बन्द कोठामा घटाइएको थिएन

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 561
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुर घटना बन्द कोठामा घटाइएको घटना नभएको बताएकी छन् ।

    निर्वाचन पछिको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै सांसद चौधरीले निर्दोष चौधरीलाई थारु भएकै कारण मुद्दा लगाइएको आरोप लगाइन्।



    चौधरीले भनिन्,‘टिकापुर घटना बन्द कोठामा घटाइएको घटना थिएन । माननीय रेशम चौधरीलगायतलाई झुठा मुद्दा लगाइयो । यो राज्यले थारु भएकै कारण रेशम चौधरीलाई मुद्दा लगायो । हाम्रो देशको कानुन त खाली थारुहरुलाई मात्रै लाग्दो रहेछ । ’



    चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरिन्। टिकापुरका राजबन्दी परिवारले न्याय नपाएसम्म संसद्मा लडिरहने बताए ।

    उनले शीर्ष राजनीतिक दलका नेताहरुले समेत रेशम चौधरी निर्दोष भनिसकेको स्मरण गराइन्। उनले रेशम चौधरीको रिहाइका लागि माग गरिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार