Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नाउपा संसदीय दल नेता चौधरी तीन महिनाका लागि निलम्बित

    नाउपा संसदीय दल नेता चौधरी तीन महिनाका लागि निलम्बित

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 360
    SHARES

    धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संसदीय दलको नेता घनश्याम चौधरीलाई तीन महिनाको लागि निलम्बन गरेको छ ।

    पार्टी अध्यक्षलाई पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष रन्जिता श्रेष्ठले चौधरीलाई तीन महिनाको लागि निलम्बन गरेकी हुन् ।



    पार्टी अध्यक्ष श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानकारी दिएकी छन् ।



    अध्यक्ष श्रेष्ठको हस्ताक्षरमा जारी भएको पत्रमा प्रदेश सभा सदस्य चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटक-पटक बोलाउँदा पनि सहभागी नभएको र स्पष्टिकरण पनि चित्तबुझ्दो नभएकोले निलम्बन गरिएको उल्लेख छ ।

    पत्रमा चैत १४, १५ र २५ गते चौधरीलाई छलफलका लागि बोलाइएको तर अध्यक्ष चौधरीलाई निराश बनाउने गरी उनी बैठकमा उपस्थित नभएको उल्लेख छ ।

    यसअघि केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले संसदीय दलको नेताको जिम्मेवारीबाट घनश्यामलाई हटाएर कैलाश चौधरीलाई तोकेकी थिइन् ।

    अध्यक्ष श्रेष्ठले समानुपातिक सांसद इन्दिरा गिरीलाई फिर्ता बोलाइसकेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार