Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै कैलाश चौधरीले पनि गरे दाबी पेस

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै कैलाश चौधरीले पनि गरे दाबी पेस

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 366
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अर्का सांसद कैलाश चौधरीले पनि दाबी पेश गरेका छन् ।

    प्रदेश प्रमुख नाजिर मियाँलाई आइतबार अपराह्न भेटेर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।



    नाउपाकै लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।



    प्रदेश प्रमुख मियाले अर्को पक्षले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेकाले कानुनी परामर्शपछि निर्णय गर्ने जवाफ दिएका छन् ।

    लक्ष्मणकिशोरले नेपाली कांग्रेससहित दलहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् भने कैलाशलाई संघीय सत्ता गठबन्धनका केही दलको साथ रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार