Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नागरिक उन्मुक्तिकी सांसद इन्दिरा गिरी पदमुक्त

    नागरिक उन्मुक्तिकी सांसद इन्दिरा गिरी पदमुक्त

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 525
    SHARES

    धनगढी । नागरिक उन्मुक्ति पार्टीकी सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन् ।

    सभामुख भीम भण्डारीले सोमबार नागरिक उन्मुक्तिकी सांसद  गिरी पदमुक्त भएको सूचना टाँसेका हुन् ।



    सूचनामा भनिएको छ, ‘प्रदेशसभा सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेश सभाको सचिवलयमा पेश भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न सभामुखकाे निर्देशन भएको हुँदा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’



    सरकारलाई लिएर आन्तरिक विवादमा फसेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गिरीलाई फिर्ता बोलाएको पत्र सभामुखलाई पठाएकी थिइन् ।

    समानुपातिक सांसद गिरी कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नेतृत्वको सरकारमा कृषि राज्यमन्त्री भएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार