Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

हनिट्रयापमा पारेर पाँच करोड रुपैयाँ माग्ने गिरोहका दुईजना जेल चलान

दाङ । तुलसीपुरका एक व्यक्तिलाई ‘हनिट्रयाप’मा पारेर पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

सोमबार भएको थुनछेक बहसमा दाङ देउखुरी जिल्ला अदालतले गढवा ६ घर भइ हाल तुलसीपुर बस्दै आएकी ३५ बर्षीया अनुष्का सिंह भनेर चिनिने गहतरालाई कारागार चलान गर्न आदेश दिएको हो।

जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको एकल इजलाशले उनलाई जेल पठाउन आदेश दिएको हो। सिंहका दुईवटा नागरिकता भएको समेत भएको जनाइएको छ।

हनिट्रयापको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । ती मध्ये तुलसीपुर १८ ग्वारखोला निवासी ३६ बर्षीया कृष्णीकुमारी बस्नेतलाई पनि कारागार चलान गरिएको छ।

उनलाई अदालतले एकलाख रुपैयाँ धरौटी तोकेको थियो। तर, धरौटी तिर्न नसकेपछि कारागार चलान गरिएको हो।अपराधिक लाभ मुद्दा चलाईएका घोराही १० नारायणपुरका २७ वर्षीय रुद्रबहादुर केसी भने एक लाख धरौटीमा छुटेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077