Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गर्दै एमालेका लिला

बुटवल । नयाँ सत्ता समीकरण अन्तर्गत बनेको सत्ता गठबन्धनमा आवद्ध दलहरुले आज लुम्बिनी प्रदेशमा प्रदेश सरकार गठनका लागि बहुमतसहितको दाबी पेस गर्ने भएका छन् ।

दलहरुले केन्द्रीय निर्णय अनुसार एमाले प्रदेश संसदीयदलका नेता लिला गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेस गर्ने भएका हुन् ।

प्रदेश प्रमुख शेरचनले बहुमतीय सरकार गठनका लागि दिएको समयसीमाको एकदिन अगाडि नै दलहरुले दाबी पेस गर्न लागेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते ४ बजेसम्म सरकार गठनका लागि समय दिएका थिए ।

सत्ता गठबन्धनमा आवद्ध दलको सोमबार बसेको बैठकले आज नै बहुमत सांसदको हस्ताक्षरसहितको दाबी पेस गर्ने निर्णय गरेको थियो । उनले मंगलबार कम्तीमा ४९ सदस्यको समर्थनसहित सरकार गठनका लागि दाबी पेस गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077