Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

दोहोरो अंकले घट्याे सेयर बजार, कारोबार रकम भने ७ अर्ब नाघ्यो

काठमाडौ । सेयर बजारमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ ।

कारोबारको सुरुबाटै तलमाथि गरेको बजार अन्ततः २१.३५ अंकले घटेर २१९०.४२ विन्दुमा रोकिएको छ । बैकिङ समूह र म्युचुअल फण्ड बाहेक सबै उपसमूह घटेका छन् ।

बजार घटे पनि कारोबार रकम भने निकै बढेको छ । आज २० करोड ८४ लाख कित्ता सेयर किनबेच हुँदा साढे ७ अर्ब बढीको कारोबार भएको छ ।

नेप्सेको अनुसार आज न्यादी पावरको आज २१ करोडको सर्वाधिक कारोबार भएको छ।

यस्तै, आज बाराही हाइड्रोपावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर २८।४० रुपैयाँले बढेर सर्किट लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077