Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • दोहोरो अंकले घट्याे सेयर बजार, कारोबार रकम भने ७ अर्ब नाघ्यो

    दोहोरो अंकले घट्याे सेयर बजार, कारोबार रकम भने ७ अर्ब नाघ्यो

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 933
    SHARES

    फाइल फोटो

    काठमाडौ । सेयर बजारमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ ।

    कारोबारको सुरुबाटै तलमाथि गरेको बजार अन्ततः २१.३५ अंकले घटेर २१९०.४२ विन्दुमा रोकिएको छ । बैकिङ समूह र म्युचुअल फण्ड बाहेक सबै उपसमूह घटेका छन् ।



    बजार घटे पनि कारोबार रकम भने निकै बढेको छ । आज २० करोड ८४ लाख कित्ता सेयर किनबेच हुँदा साढे ७ अर्ब बढीको कारोबार भएको छ ।

    नेप्सेको अनुसार आज न्यादी पावरको आज २१ करोडको सर्वाधिक कारोबार भएको छ।

    यस्तै, आज बाराही हाइड्रोपावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर २८।४० रुपैयाँले बढेर सर्किट लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार