Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

आगो ताप्‍ने क्रममा जलेर वृद्धाको मृत्यु

झापा । झापाको कचनकवलमा आगो ताप्ने क्रममा एक वृद्धाको जलेर मृत्यु भएको छ।

मृत्यु हुनेमा कचनकवल गाउँपालिका-१ स्थित कुटी निवासी ७० वर्षीया वृद्धा हेम प्रभा माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार आइतबार बिहान साढे १० बजे अत्यधिक चिसोका कारण वृद्धा माझी घर बाहिर पराल बालेर आगो ताप्दै थिए। सोही क्रममा अचानक उनको शरीरमा आगो लागेको थियो।

आगो लागेर उनको शरीरको विभिन्न भाग जलेर गम्भीर घाइते भई तत्काल उपचारका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो।

उनको सोही अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077