Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

इन्द्रेणी कम्प्लेक्समा बम राखेर फिरौती माग्ने व्यक्ति ११ बर्षपछि पक्राउ

काठमाडौं । काठमाडौंको इन्द्रेणी कम्प्लेक्समा ११ वर्ष पहिले बम राखेर फिरौती रकम माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका १० का ३३ वर्षीय महेश केसी (खत्री) रहेका छन् । फरार व्यक्तिको खोजतलासको क्रममा केसीलाई सोमबार साँझ पक्राउ गरिएको हो ।

जिल्ला परिसर काठमाडौंका अनुसार केसीसहितको टोलीले २०६८ वैशाख १३ गते बिजुलीबजारस्थित इन्द्रेणी कम्प्लेक्सका सञ्चालकलाई फोन मार्फत फिरौती रकम माग गरेको र सो रकम नदिएमा निजको घर र व्यापारिक भवन इन्द्रेणी कम्प्लेक्समा बिष्फोट गर्ने धम्की दिएका थिए ।

फिरौती रकम नपाएपछि उनीहरुले इन्द्रेणी कम्प्लेक्सको तल्लो बेसमेन्ट पार्किङ्गमा बिष्फोटक पदार्थ राखेका थिए।

प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको नेपाल प्रहरीको टोलीले नेपाली सेनाको बम डिस्पोजल टोलीसँग समन्वय गरी बिष्फोटक पदार्थलाई डिस्पोज गरेको थियो । उनको साथबाट सामसुङ्ग कम्पनीको ग्यालेक्सी नीलो रंगको मोवाइल, दुईवटा सिम कार्ड, नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र आवेदन फारमको फोटोकपी बरामद गरिएको छ ।

प्रहरी वृत्त नयाँ बानेश्वरबाट घटनाको सम्बन्धमा विष्फोटक पदार्थ ऐन अन्तरगत मुद्दा दर्ता गरी अनुसन्धारत गरेको थियो । महेश केसीविरुद्ध विष्फोटक पदार्थ ऐन अन्तरगतको कसूरमा काठमाण्डौ जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी बानेश्वर बृत्तबाट अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077