Online Nepal
  • बुधबार, २१ साउन २०८२
  • दोदा जलाधारमा जलवायु तथा विपद् जोखिम परिदृष्यबारे छलफल

    दोदा जलाधारमा जलवायु तथा विपद् जोखिम परिदृष्यबारे छलफल

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 933
    SHARES

    कञ्चनपुर । कञ्चनपुरमा दोदा जलाधारमा जलवायु तथा विपद् जोखिम परिदृष्य सम्बन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । मंगलबार कृष्णपुर नगरपालिकामा आयोजित उक्त कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

    उक्त गोष्ठीमा दोदा नदीको जलाधार क्षेत्रको संरक्षण, उपयोग र यसबाट हुने विपद् व्यवस्थापन कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो। दोदा नदीको माथिल्लो तटीय क्षेत्रका स्थानीय तह तथा तल्लो तटीय क्षेत्रका स्थानीय पालिकाका प्रमुख, उपप्रमुख तथा प्रतिनिधि र कर्मचारीहरु सो गोष्ठीमा सहभागि थिए।



    कार्यक्रममा दोदाको जलाधार क्षेत्रमा वर्षेनी ठूलो क्षती हुने गरेको र उक्त क्षति न्यूनीकरण गर्न के कस्ता उपायहरु अपनाउन सकिन्छ भन्नेबारे सरोकारवालासँग छलफल गरिएको निड्स नेपालका संस्थापक भवराज रेग्मीले बताए।

    दोदा नदीबाट हुने क्षतिलाई कम गर्न र माथिल्लो तटीय क्षेत्रमा यसको प्रकोपलाई रोक्न के–कस्ता पहल गर्न सकिन्छ भनेर त्यसमा विज्ञ तथा सम्बन्धित पालिका प्रमुख तथा जनप्रतिनिधि र कर्मचारीसंग सल्लाह गरिएको उनले बताए।

    तल्लो तटीय स्थानीय तहमा परशुराम नगरपालिका, आलिताल गाउँपालिका, जोरायल र चुरे गाउँपालिका रहेका छन् भने तल्लो तटीय क्षेत्रमा कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका, गोदावरी नगरपालिका, लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र पुर्नवाश नगरपालिका रहेका छन्।

    यस्तै यी पालिकाहरुले प्रदेशस्तरीय समिति बनाएर विभिन्न त्यस क्षेत्रमा कार्यरत संस्थाहरुको साझेदारीमा दोदा नदीबाट वर्षेनी हुने क्षतिलाई रोक्न सकिने जलवायु विज्ञ दिपक पोडेलले बताए। त्यसका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाई छ। उक्त गोष्ठी मर्सी क्रप्स, फ्ल्ड रेसिलेन्स एलाइन्स, निड्स नेपाल र डिपीनेट नेपाल लगायतका संस्थाहरुले आयोजना गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार