Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आजको मौसम : तराईमा बाक्लो हुस्सु, हिमाली क्षेत्रमा हिमपात

काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । जसकारण बुधबार बिहान पहाडी भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ ।

तराईमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भू–भागहरूमा बाक्लो हुस्सु कुहिरो लाग्दा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात सेवा प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077