Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

स्थायी रूपमा पानी पठाउन मेलम्चीको मुख्य बाँध सार्नुपर्ने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुख्य बाँध (हेडवर्क्स) सार्नुपर्ने देखिको छ। आयोजनामा २०७८ असार १ गतेको बाढीले ठूलो क्षति पुर्‍याएको थियो ।

क्षतिको विस्तृत अध्ययन गरेको क्यानडेली टोलीले हेडवर्क्सबाट स्थायी रूपमा पानी पठाउन नसकिने प्रारम्भिक निष्कर्ष निकालेको हो।

प्रारम्भिक अध्ययनले हेडवर्क्स सार्नुुपर्ने निष्कर्ष निकालेको पुनर्गठित मेलम्ची खानीपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक कमल श्रेष्ठले बताए। उक्त टोली नोभेम्बर ८ मुख्य बाँधस्थल पुगेको थियो। टोलीले करिब १० दिन लगाएर स्थलगत अध्ययन गरेको श्रेष्ठले सुनाए ।

हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा करिब १ अर्ब रुपैयाँमा निर्माणाधीन मुख्य बाँध बाढीले प्रभावित भएपछि त्यसको भूअवस्थाको अध्ययन थालिएको हो। बाढीले क्षति पुर्‍याएको मुख्य बाँध चलाउन सकिन्छ कि सकिँदैन भनेर अध्ययन गर्दा स्थायी पानी पठाउन सम्भव नदेखाएको श्रेष्ठले बताए। अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077