Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुदूरपश्चिममा आज सभामुखको मनोनयन दर्ता हुँदै

    सुदूरपश्चिममा आज सभामुखको मनोनयन दर्ता हुँदै

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 522
    SHARES

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज सभामुखको मनोनयन दर्ता हुँदै छ ।

    बिहान साढे १० देखि दिउँसो साढे २ बजेसम्म सभामुखको मनोनयन दर्ताको लागि समय दिइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।



    निर्धारित समयभित्र सभामुखमा उम्मेदवारी दिने विषयमा दलहरू आन्तरिक छलफलमा व्यस्त छन् ।



    एमाले नेतृत्वको गठबन्धनमा भागबन्डाका क्रममा सभामुख पाउने माओवादी केन्द्रले अहिलेसम्म उम्मेदवारको विषयमा टुंगो नलागेको जनाएको छ ।

    नेपाली कांग्रेसले पनि प्रदेश सरकार गठन र सभामुखको उम्मेदवार मनोनयनका सम्बन्धमा छलफल गर्न दलको बैठक बोलाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार