Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका गिरीको दाबी पेस

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले दाबी पेस गरेका छन् ।

बहुमत सदस्यहरुको हस्ताक्षरसहित गिरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् ।

उनको दाबीसंगै लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ ।

यसअघि प्रदेश प्रमुख शेरचनले आज साँझ ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय दिएका थिए ।

सत्तासाझेदार दलसँग एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मिक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ र स्वतन्त्र २ सांसद गरी सरकारमा ५५ जना सरकारमा सहभागी हुने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077