Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुदूरपश्चिम प्रदेशको सभामुखमा कांग्रेसका रावलको उम्मेदवारी दर्ता

    सुदूरपश्चिम प्रदेशको सभामुखमा कांग्रेसका रावलको उम्मेदवारी दर्ता

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 537
    SHARES

    काठमाडौं । सुदूरपश्चिम प्रदेशको सभामुख पदमा नेपाली काङ्ग्रेसले मनोनयन दर्ता गरेको छ।

    काङ्ग्रेसका तर्फबाट ज्येष्ठ सदस्य मानबहादुर रावलले बुधबार दिउँसो मनोनयन दर्ता गरेका हुन्।



    उनको प्रस्तावकमा प्रदेशसभा सदस्य मेघराज खड्का र समर्थकमा पृथ्वीबहादुर सिंह रहेका छन्।



    सुदूरपश्चिमपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेपाली काङ्ग्रेसका सुदूरपश्चिममा १९ जना प्रदेशसभा सदस्य छन्।

    सुदूरपश्चिममा मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय आजै साँझ ५ बजे सकिंदैछ भने सभामुखको निर्वाचन भोलि दिउँसो १ बजे हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार