Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अभिनेता रमितले चलचित्र ‘पृथ्वीनारायण शाह’ बनाउने

काठमाडौं । अभिनेता रमित ढुंगानाले नेपाल एकीकरणका सूत्रधार पृथ्वीनारायण शाहको जीवनीमाथि फिल्म निर्माण गर्ने भएका छन्।

रमित ढुंगाना फिल्म प्रोडक्सन प्रालिका तर्फबाट ‘पृथ्वीनारायण शाह’ शीर्षकमा चलचित्र विकास बोर्डमा फिल्म दर्ता भएको छ।

पृथ्वी जयन्तीको अवसर पारेर रमितले फिल्मको पटकथा लेखनको काम भइरहेको जानकारी दिए। बायोपिक जनरामा निर्माण हुने फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले दुई वर्षदेखि लेखिरहेका छन्।

रमितले १ करोड लगानीमा फिल्म निर्माण गर्ने बताएका छन्। फिल्मका लागि नेपाली सेनासँग पनि सहकार्यका लागि छलफल गर्न जाने तयारीमा रहेको रमितको भनाइ छ।

यसभन्दा अगाडि एसिड सर्भाइभर किशोरी मुस्कान खातुनको जीवनबारे रमितले ‘मुस्कान’ फिल्म निर्माण गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077