Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माधव नेपालको प्रश्न - विश्वासको मत दिँदैमा सत्तापक्ष हुने कहाँको व्यवस्था हो ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदमा आफूहरुको भूमिका रचनात्मक प्रतिपक्षीकै हुने स्पष्ट पारेका छन्।

बुधबार पार्टी निकट अनेरास्ववियू केन्द्रीय कमिटीले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले विश्वासको मत दिने पार्टी सत्तारुढ हुने कहाँको व्यवस्था हो आफूले बुझ्न नसकेको टिप्पणी गरे ।

विश्वासको मत दिएपछि सत्तापक्ष नै हुने भन्ने गलत व्याख्या भएको भन्दै अध्यक्ष नेपालले विश्वासको मत दिएर प्रतिपक्षीमा बसेको अनुभव २०५१ सालमा नै रहेको जिकिर गरे।

उनले भने, ‘कसैकसैले चर्चा गर्ने गरेका छन । विश्वासको मत दिएपछि सत्ताधारी पार्टी हुन पुग्दछ । यो कहाँको ब्याख्या हो मैले बुझ्न सकिन ।

हाम्रो देशको सन्दर्भमा भन्ने हो भने २०५१ सालमा जतिखेर हाम्रो पार्टी सरकारमा थियो । त्यो अल्पमतको सरकारलाई नेपाली काँग्रेसले के गरेको थियो भन्ने कुरालाई स्मरण गर्नु पर्दैन ?

विश्वासको मत दिएपनि नेपाली काँग्रेस प्रतिपक्षमा नै बसेको थियो । हाम्रो विगतको अनुभव छैन ? अनि के यो नयाँ संविधानले त्यो ब्याख्यालाई गलत हो भन्ने कुरा अगाडि सारेको छ ?’

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित भएका नेताहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077