Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अनमोलको चलचित्र ‘छड्के २’ मा र्‍यापर भिटेनको स्वर

काठमाडौं । आगामी फागुन १९ गतेबाट रिलिज हुने फिल्म ‘छड्के २’को एउटा गीतमा चर्चित र्‍यापर भिटेनले स्वर दिएका छन्।

बुधबार काठमाडौंको एक स्टुडियोमा रेकर्ड गरिएको फिल्मको गीतमा भिटेनको स्वर छ।

गीतको शब्द रचना तथा संगीत पनि भिटेन स्वयंमले तयार पारेका हुन् ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रमा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर पनि मुख्य भूमिकामा छन् ।

प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्मातामा रहेको यो फिल्मको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल तथा लक्ष्मण काफ्ले छन् । ‘छड्के २’ रिभेन्ज ग्याङस्टर फिल्म हो ।

चलचित्रको चितवन र मुस्ताङमा छायांकन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077