Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा र एकीकृत समाजवादीबीच एकताका लागि छलफल हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको लागि गठित कार्यदलबी पहिलो वार्ता तय गरिएको छ ।

दुई पार्टीबीच एकता प्रक्रियाका लागि बनेको कार्यदलबीच दिउँसो १२ बजे सिंहदरबारमा छलफल हुने भएको हो ।

जसपाका तर्फबाट वार्ता समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन् भने नेकपा एस को तर्फबाट बेदुराम भुषाल, डा.विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेका छन् ।

दुवै पार्टीले विचार मिल्नेसँग पार्टी एकता गर्नका लागि कार्यदल गठन गरेका थिए । वैचारिक र सैद्धान्तिक विषयको मिलनविन्दु खोज्न कार्यदललाई निकै कसरत गर्नुपर्ने नेताहरूले बताएका छन् ।

जसपा र नेकपा एससँग नेकपा माओवादी केन्द्रले पनि वामपन्थी एकताको लागि भन्दै कार्यदल बनाएको छ । दुई पार्टीबीच एकताको गृहकार्य अघि बढ्दै गर्दा माओवादीले अनौपचारिक छलफल गरिरहेको छ ।

माओवादीको शनिबार बसेको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो । माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एस, जसपा र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पनि एकताको पहल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077