Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बंगलादेशमा प्रधानमन्त्री हसिनाको राजीनामा माग गर्दै विपक्षीद्वारा वृहत प्रदर्शन

एजेन्सी । प्रधानमन्त्री शेख हसिनाको राजीनामा र चाँडो भन्दा चाँडो नयाँ चुनाव घोषणा गर्न माग गर्दै बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को नेतृत्वमा बंगलादेशका विपक्षी दलहरूले देशका विभिन्न स्थानमा सार्वजनिक सभाहरू आयोजना गरेका छन् ।

ढाकामा विद्युत मूल्यवृद्धिको (योजना कार्यान्वयन हुन बाँकी) को विरोधमा बीएनपीले जनवरी १६ मा देशव्यापी र्याली र जुलुस गर्ने घोषणा गरेको छ ।

बिएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले प्रधानमन्त्री हसिना नेतृत्वको अवामी लिगले प्रहरी र नोकरशाहलाई प्रयोग गरेर सत्तामा टाँसिएको बताए ।

ढाकाको सरकारले विगतका दुई आम चुनावमा जनताको मतदान अधिकार खोसिरहेको आलमगीरले दावी गरे ।

बंगलादेश एसियामा सबैभन्दा द्रुत बृद्धि हुने अर्थतन्त्रमध्ये एक हो । तर, युक्रेन युद्धले सरकारलाई ग्यास र डिजेल आयात रोक्न बाध्य तुल्याएको छ भने बिजुली कटौती र इन्धनको मूल्यवृद्धिले हालका महिनाहरूमा प्रदर्शनहरू सुरु भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077