Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१७ डीआईजीको काज सरुवा, एआईजी बढुवा अन्योलमा

काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुको काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले बिहिवार सूचना निकाल्दै १७ डीआईजीहरुको काज सरुवा गरिएको जनाएको छ ।

सरुवा हुने डीआईजीहरुमा दीपक थापा बागमती, टेकप्रसाद राई लुम्बिनी, वसन्त कुँवर मधेस, अशोक सिंह सुदुरपश्चिम, भिम ढकाल कर्णाली, श्यामलाल ज्ञवाली १ नम्बर प्रदेश, बुद्धिराज गुरुङ गण्डकी, दुर्गा सिंह भरतपुर शिक्षालय र किरण राणाको एयरपोर्टमा सरुवा भएको छ ।

नेपाल प्रहरीमा हाल चार एआईजी पद रिक्त रहेको छ । तर, आईजीपी धिरजप्रताप सिंहले एआईजीमा बढुवा भन्दा पनि डीआईजीहरुको सरुवा गरी वढुवा प्रकृया नै लम्ब्याएका छन् । डीआईजीहरुको सरुवामा इन्चार्जबाट पुन: इन्चार्ज पाउनेहरु पनि देखिएका छन् ।

एयरपोर्टको प्रमुख रहेका श्याम ज्ञवालीलाई आर्कषक मानिने १ नम्बर प्रदेशमा पठाईएको छ भने आर्थिक प्रशासनमा बसेर अनियमिततामा मुुछिएका दीपक थापालाई वागमती प्रदेशमा पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077