Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कर्तव्य ज्यान मुद्दामा फरार बेलराम ६ बर्षपछि पक्राउ

लमजुङ । प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। कर्तव्य ज्यानसम्बन्धी घटना भएको ६ वर्षपछि राईनास नगरपालिका–९ कुडुलेका ४२ वर्षीय बेलराम गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।

गुरुङले २०७४ मसिर ११ गते रातको समयमा सोही ठाउँका हितमान श्रेष्ठको हत्या गरी फरार भएका थिए।

घटना लगत्तै फरार रहेका प्रतिवादी गुरुङ चितवनमा लुकिछिपि बसेको विशेष सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले नियन्त्रणमा लिएको लमजुङ प्हरीले बताएको छ ।

गुरुङलाई चितवनको भरतपुर महानगरपालिका-१६ विजयनगरबाट बुधबार नियन्त्रणमा लिएको हो।

प्रहरी नियन्त्रणमा परेका गुरुङलाई बुधबार नै लमजुङ जिल्ला अदालतमा पेश गरी पहिलो पटक पाँच दिनको म्याद थप अनुमति लिई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा थप अनुसन्धान भैरहेको प्हरीले जनाएको छ ।

गुरुङले हत्या स्वीकार गरेको र अदालतको फैसलापछि कारागार पठाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077