धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पदभार ग्रहण गरेका छन् । आज शपथ ग्रहण गरेपछि रावलले मुख्यमन्त्रीको पदभार सम्हालेका हुन ।
पदभार ग्रहण गरेसँगै उनले पहिलो निर्णय शासकीय सुधार गर्ने जनाएका छन् ।
उनले सुदूरपश्चिमका मन्त्रालय, आयोग, विभाग, सचिवालय तथा अन्य निकायको कार्यसम्पादन प्रणालीलाई सरलीकरण र सुदृढीकरण गर्ने सम्बन्धमा नतिजामुलक कार्ययोजना तयार पार्न प्रदेश सरकारका मुख्यसचिवको संयोजकत्वमा सुदूरपश्चिमको समग्र शासकीय सुधार योजना कार्यदल गठन गरेका छन् ।
उक्त कार्यदलमा सबैमन्त्रालयका सचिवहरु सदस्य रहेका छन् । ७ दिनभित्र कार्यदललाई प्रतिवेदन तयार पार्न निर्देशन दिइएको छ ।
बिहीबार प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री राजेन्द्रसिंह रावल, मन्त्री खगराज भट्ट र सन्तोष शर्मा थापालाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।
सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी, राप्रपाले भने अझै सरकारमा भएका छैनन् ।