काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन चाँदीको मूल्य वृद्धि भएको छ ।
आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले वृद्धि भई प्रति तोला १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै आज चाँदी तोलामा ५ रुपैयाँले वृद्धि भई प्रति तोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।