Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लुम्बिनी प्रदेश सभा : सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते

    लुम्बिनी प्रदेश सभा : सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते

    अनलाइन नेपाल
  • शुक्रबार, २९ पुष २०७९
  • 474
    SHARES

    दाङ । लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको चयन एकैदिन गरिने भएको छ । माघ ३ गते बस्ने प्रदेश सभाको बैठकबाट सभामुख र उपसभामुख चुनिने छन् ।

    प्रदेश सभा सचिवालयले सूचना जारी गरी प्रदेश सभाको पहिलो अधिवेशनको तेस्रो बैठकमा सभामुख र उपसभामुख निर्वाचन हुन लागेको हो ।



    संविधानको धारा १८२ को उपधारा र लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ७ बमोजिम सभामुख र उपसभामुखको निर्वाचन हुन लागेको हो ।



    त्यसका लागि २ पुसको दिउँसो १ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । सोही दिन साढे ५ बजे उम्मेदवारको सूची प्रकाशन गरिनेछ भने ३ माघमा दिउँसो १ बजे मतदान हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार