Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतको महाराष्ट्रमा बस र ट्रक ठोक्किदा १० जनाको मृत्यु

एजेन्सी । भारतको राजस्थानमा सोमबार बिहान बस र ट्रक एक–आपसमा ठोक्किदा १० जनाको मृत्यु भएको छ ।

राजस्थानको बिकानेरस्थित श्रीडूंगरगढ नेसनल हाइवेमा उक्त दुर्घटना भएको थियो । दुर्घटनास्थलमै १० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रकको ठक्करपछि बसको अगाडिको भागमा पूरै क्षति पुगेको छ । दुर्घटनापछि यस सडक खण्डमा सवारीको लामो जाम लागेको बताइएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077