Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकीमा सभामुखको निर्वाचन शनिबार हुने, उपसभामुखको माघ २ गते

पोखरा । गण्डकी प्रदेशमा सभामुखको निर्वाचन पुस ३० गते शनिबार हुने भएको छ।

सरकार बनाउने विषयमा शनिबार हुने सर्वदलीय बैठकमा नै सभामुखको निर्वाचन गर्ने सहमति जुटेको हो।

गण्डकीमा भागबन्डामा एमालेको भागमा मुख्यमन्त्री परेको थियो भने माओवादी केन्द्रको भागमा सभामुख परेको छ।

सत्ता गठबन्धनको सहमति अनुसार गण्डकीमा एमालेले पाँचै वर्ष मुख्यमन्त्री र माओवादीले पाँचै वर्ष सभामुख पाउने छ ।

माओवादीबाट गण्डकीको मुख्यमन्त्री दावी गरेका हरिबहादुर चुमानलाई पार्टीले उनको नेतृत्वमा सरकारमा पठाउने निर्णय गरेपछि सभामुखमा भने गोरखा १ (क) बाट निर्वाचित कृष्ण धिताल उमेदवार बनाउने सहमति भएको छ।

धिताल नेता बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादीका नेता भएपनि केन्द्रमा पार्टी एकिकरणको प्रक्रिया अगाडि बढेकाले माओवादीले उनलाई सहर्ष रुपमा सभामुखमा स्विकारेको हाे।

यस्तै, उपसभामुखको निर्वाचन भने यही माघ २ गते हुनेछ। सभामुख माओवादीले पाएपछि उपसभामुख भने एमाले वा राप्रपाले पाउने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077