Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बागमतीको सभामुखमा राप्रपा महामन्त्री पाठक निर्वाचित

काठमाडौं । बागमती प्रदेशसभा सभामुखमा भुवन पाठक निर्वाचित भएका छन् ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक निर्वाचित भएका हुन् ।

राप्रपा महामन्त्री समेत रहेका पाठकले ६२ मत पाएका छन् । उनको विपक्षमा ४९ मत परेको छ भने ७ जना प्रदेशसभा सदस्य तटस्थ बनेका छन् ।

प्रदेश सभाका जेष्ठ सदस्य बाहेक १०९ जना प्रदेशसभा सदस्यले मतदानमा सहभागिता जनाएका थिए। नवनिर्वाचित सभामुख पाठक राप्रपाका महासचिव तथा समानुपातिक सांसद हुन्।

शुक्रबार नै बागमती प्रदेशसभाले प्रमुख विपक्षी नेपाली कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की सृजना सयजुलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077