Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय भूमि आयोगका अधिकृतसँग ४ करोड ३७ लाखको सम्पत्ति,भ्रष्टाचार आरोपमा अख्तियारद्धारा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधाराका पूर्व निमित्त प्रमुख गणेशप्रसाद पोखरेलबिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले पोखरेलमाथि गैरकानूनी सम्पत्तिआर्जन गरेको आरोपमा १  करोड ६ लाख रुपैंया विगो मागदावी सहित भ्रष्टाचारमुद्दा दायर गरेको हो । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र सुकेधारा चावहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख पोखरेल हाल राष्ट्रिय भूमि आयोग, ताहाचलमा कार्यरत छन् ।

उनी शाखा अधिकृत स्तरका कर्मचारी हुन् । १ असार २०४६ मा सेवा प्रवेश गरेका उनीमाथि उजुरी परेपछि अख्तियारले १५ फागुन २०७८ सम्मको सम्पत्ति जाचबुझ गरेको थियो । त्यसक्रममा उनले ४ करोड ३७ लाख रुपैंया सम्पत्ति जोडेको भेटिएको हो ।

छानविन हुदा उनले ३ करोड ३१ लाख रुपैंयामात्रै कानूनी रुपमा आर्जन गरेको खुल्यो । स्रोत नखुलेको सम्पत्ति जफत हुनुपर्ने माग राखी अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले उनकी श्रीमती विमला न्यौपाने पोखरेललाई पनि मुद्दामा प्रतिवादी बनाएको छ ।

यातायात कार्यालयका शाखा अधिकृत पोखरेलले पारिश्रमिक बाहेक घर बहाल, बीमा, रेमिट्यान्स, मोटरसाइकल विक्री, शेयर लगायतबाट सम्पत्ति जोडेको दावी गरेका थिए । उनको दावीलाई स्विकार गरेर हेर्दा पनि त्यसबाहेकको आर्जनको स्रोत नखुलेको अख्तियारको दावी छ ।

‘आयभन्दा बढी भागको स्रोत खुल्न नसकेको हुँदा निज गणेश प्रसाद पोखरेलले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो १ करोड ६ लाख ३३ हजार ३ सय ३९ रुपैयाँ ९२ पैसा बिगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएवमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय मागदावी गरिएको छ ।’

ऐनको उक्त दफाको उपदफा १ मा भनिएको छ, ‘गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको मानिनी रुपमा सम्पत्ति आर्जन गरेको मानिनी रुपमा सम्पत्ति आर्जन गरेको मानिनी रुपमा सम्पत्ति आर्जन गरेको मानिने ।’

उक्त उपदफामा सार्वजनिक पद धारण गरेको मानिने राष्ट्रसेवकले प्रचलित कानुनबमोजिम पेश गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिन आएमा वा निजले मनासिब कारण बिना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेमा वा आफ्नो हैसियतभन्दा बढी कसैलाई दान, दातव्य, उपहार, सापटी, चन्दा वा बकस दिएको प्रमाणित भएमा त्यस्तो सम्पत्ति के कस्तो स्रोतबाट आर्जन गरेको हो भन्ने कुराको निजले प्रमाणित गर्नु पर्नेछ उल्लेख गरिएको छ । ‘त्यस्तो सम्पत्तिको स्रोत पुष्टि नभएमा गैरकानुनी रूपमा आर्जन गरेको मानिने’ भनिएको छ ।

उक्त दफा विपरित सम्पत्ति आर्जन गरेको प्रमाणित भएमा त्यसरी आर्जन गरेको सम्पत्तिको बिगो अनुसार दुई वर्षसम्म कैद र बिगो बमोजिम जरिबाना गरी त्यसरी आर्जन गरेको गैरकानुनी सम्पत्ति समेत जफत हुने उल्लेख छ ।

पोखरेलले जाँच अवधिमा आर्जन गरेको स्रोत नखुलेको सम्पत्ति श्रीमती बिमला न्यौपाने पोखरेलको नाममा हाल कायम रहेकोले सम्पत्ति जफत प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ । आरोपित पोखरेलले बिमलाका नाममा राखेका घरजग्गा, शेयर खरिद तथा बैंक खाताहरुमा मौज्दात रकम पनि जफत गर्नुपर्ने मागदावी लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077