Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मेयर बालेनले सुरक्षा खतरा बढेको भन्दै मागे पिएसओ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले व्यक्तिगत सुरक्षाकर्मी माग गरेका छन्।

आफूलाई सुरक्षा जोखिम बढेको भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायसँग उनले पिएसओ मागेका हुन्।

खासगरी सुकुमबासी बस्तीमा बल प्रयोग गरी हटाउने प्रयास गरेपछि आफूमाथि जोखिम बढेको उनको भनाइ छ । अतिक्रमण हटाउने कामलाई तीव्रता दिएपछि उनीमाथि धम्की बढेका छन् ।

मेयर साहमाथि साँच्चिकै जोखिम बढेकाले उनले पिएसओ पाउने सम्भावना रहेको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् ।

जिल्ला सुरक्षा समिति तथा केन्द्रीय सुरक्षा समितिले सुरक्षा जोखिम रहेको निष्कर्षका आधारमा पिएसओ खटाउने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077