Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नयाँ बानेश्वरमा चल्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ ।

नक्साविपरीत निर्माण भएका संरचना भत्काउने अभियानअन्तर्गत प्रहरीको सुरक्षामा डोजर चलाइएको हो ।

महानगरका नगरप्रहरीले मापदण्डविपरीत बनेका घरका पाली, भर्‍याङ, होर्डिङ बोर्ड भत्काइएको छ ।

यसअघि, महानगरका अवैध संरचना र घर टहरा भत्काउन गृह मन्त्रालयसँग सुरक्षा माग गरेको थियो ।

गृहले आवश्यक सहकार्य र समन्वय भए महानगरलाई साथ दिने प्रतिक्रिया दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077