Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सैन्य क्षमता आधाले घटाउने श्रीलंकाको घोषणा

    सैन्य क्षमता आधाले घटाउने श्रीलंकाको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, २९ पुष २०७९
  • 603
    SHARES

    काठमाडौं । आर्थिक मन्दीको सामना गरिरहेको श्रीलंकाले आफ्नो सेनामा ठूलो कटौतीको घोषणा गरेको छ । श्रीलंकाले सन् २०३० सम्ममा आफ्नो सैन्य क्षमता आधाले घटाउन लागेको हो ।

    सन् २०२३ का लागि बजेट प्रस्तावमा श्रीलङ्काले अब प्राविधिक र रणनीतिकरूपबाट अधिक सन्तुलित ‘डिफेन्स फोर्स’ निर्माण गर्न ध्यान दिने भनिएको छ ।



    श्रीलङ्कामा रक्षा खर्च स्वास्थ्य र शिक्षामा हुने खर्चभन्दा धेरै हुने गरेको भन्दै आलोचना हुँदै आएको छ ।



    श्रीलङ्काको सेनामा अहिले दुई लाख सात सय ८३ सैन्यकर्मी छन्, यो सङ्ख्यालाई कम गरेर सन् २०३० सम्म एक लाख बनाउने लक्ष्य छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार