Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माघी दिवस मनाउने लुम्बिनी प्रदेश सरकारको निर्णय, माघ २ गते सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने भएको छ।

यही माघ २ गते राप्ती उपत्यकास्थित मुख्यमन्त्री निवास परिसरमा माघी महोत्सव मनाउने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

यसअघिका प्रदेश सरकारहरूले घोषणा गरेअनुसार वर्तमान सरकारले पनि माघी महोत्सव मनाउने निर्णय गर्दै माघ २ गते सार्वजनिक बिदा समेत दिएको छ।

शुक्रबार मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको बैठकमा माघे संक्रान्ती/माघी पर्वका अवसरमा आयोजना हुने माघी मिलन कार्यक्रमलाई विशेष र व्यवस्थित बनाउन सम्बन्धित मन्त्रालयका सचिवहरूलाई जिम्मेवारी समेत दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077